उत्तर खत्री र विनोद कुँवर सचिव पदमा बढुवा
canadanepal.com · Thu Sep 10 11:06:39 GMT 2026

काठमाडौं । लोकसेवा आयोगको सिफारिसअनुसार वरिष्ठताका आधारमा विनोद कुँवर र उत्तरकुमार खत्री नेपाल सरकारको सचिव पदमा बढुवा भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका दुई सचिव पदमा कुँवर र खत्रीलाई बढुवा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)