रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु
lokaantar.com

बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्याल रहेका छन् । भीषण हुरी चलिरहेका बेला सिँगौलबाट निजगढतर्फ आउँदै गरेको ना७त ५१५० नम्बरको ट्याक्टरमाथि रुखको हाँगा भाँचिएर खसेको थियो । घटनामा अर्याल गम्भीर घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)