कतै नघुम्ने ‘घुम्ती अस्पताल’
nepalnews.com · Thu Sep 10 11:14:49 GMT 2026

विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरको रोडशेष चोकबाट करिब एक किलोमिटर दक्षिणतर्फ लागेपछि शैलेजा आचार्य प्रादेशिक अस्पताल पुगिन्छ। अस्पतालको ओपीडी भवनअगाडि सडक किनारमा एउटा ठूलो बस देखिन्छ। बसमा रातो अक्षरमा लेखिएको छ– ‘कोशी घुम्ती अस्पताल’।
मधेश प्रदेश ०३–००२ ख २७४६ नम्बरको उक्त बसभित्र स्वास्थ्य परीक्षण र उपचारका लागि आवश्यक उपकरण जडान गरिएका छन्। तर, बस अहिले बिरामीको उपचार गर्न गाउँगाउँ पुगिरहेको छैन। अस्पताल परिसरमै थन्किएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)