एसियाडका खेलाडीलाई सुविधा ‘साह्रै न्यून’
baahrakhari.com · Thu Sep 10 11:10:55 GMT 2026
काठमाडौं । एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सहभागिता जनाउने नेपाली टोली यति बेला वैदेशिक प्रशिक्षणका क्रममा भारतमा छ । सात सदस्यीय खेलाडी र दुई प्रशिक्षकको टोली गुवाहटीमा नेपाली मूलका भारतीय प्रशिक्षक नरेन्द्र रानाको प्रशिक्षणको साथ थपिएपछि तीन हप्तादेखि निखारिने क्रममा छ ।
तर, बक्सिङका अधिकारीले खेलाडीलाई सरकारले दिइरहेको सुविधा निकै कम भएको गुनासो गरेका छन् । भारतमा प्रशिक्षण लिएर हालै नेपाल फर्किएका अन्तर्राष्ट्रिय बक्सिङ रेफ्री सन्तोष आलेमगर भन्छन्, “खेलाडीहरूलाई दिइने सुविधा निकै न्यून छ । त्यसले चाहेजस्तो प्रशिक्षण लिन गाह्रो भइरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)