यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
annapurnapost.com · Thu Sep 10 11:27:47 GMT 2026

काठमाडौं : बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। बैठकले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ। असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय बैठकले गरेको हो ।
बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)