सहसचिवबाट सचिवमा बढुवा भएका कुँवरको लुम्बिनी र खत्रीको सुदूरपश्चिम प्रदेशमा पदस्थापन
barnanmedia.com · Thu Sep 10 11:40:19 GMT 2026

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई सहसचिवको सचिवमा बढुवा गरेको छ । सहसचिव विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरिएको हो ।
बढुवापछि कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनी र खत्रीलाई मुख्यमन्त्री तथा मन्त्रिमन्त्रिपरिषद् कार्यालय सुदूरपश्चिममा पदस्थापना गरिएको सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)