विराटनगरमा 'विराट ट्रेड फेयर २०८३' आयोजना गरिने
annapurnapost.com · Thu Sep 10 11:38:37 GMT 2026

काठमाडौं : शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले आगामी असोज २२ देखि ३० गतेसम्म विराटनगरको जैन भवनमा 'विराट ट्रेड फेयर २०८३' आयोजना गरिने भएको छ।
'चाडपर्वको उत्सव, व्यापार'को महोत्सव भन्ने नारा सहित विराट व्यापार संघले आयोजना गर्न लागेको विराट ट्रेड फेयरले केही मात्रामा भएपनि बजार चलायमान हुने र चाडपर्वको बेला सिमावर्ती बजार जाने प्रवृत्ति घट्ने विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले जानकारी दिए। उनले आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने गरी तथा चाडपर्व लक्षित सेवा र वस्तुको विक्री गरिने भएकाले ट्रेड फेयरले स्थानीय व्यापार वृद्धि गर्न सहयोग पुग्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)