सिटिजन्स क्यापिटल र शिव श्री हाइड्रोपावरबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता
annapurnapost.com · Thu Sep 10 11:47:18 GMT 2026

काठमाडौं : शिव श्री हाइड्रोपावर लिमिटेडले आफ्नो शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ। यस सम्बन्धमा दुवै संस्थाबीच शेयर रजिष्ट्रार सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
शिव श्री हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र तथा शेयरधनी सम्बन्धी अभिलेख व्यवस्थापन, शेयरको अभौतिकीकरण, शेयर प्रमाणपत्र वितरण, नामसारी लगायतका प्रचलित कानून तथा नियामकीय व्यवस्था बमोजिमका शेयर रजिष्ट्रार सम्बन्धी कार्यहरू सम्पादन गर्न सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)