‘लस एन्ड ड्यामेज कोष’ ले नेपाललाई जवाफ दिँदै भन्यो– ‘जतिसक्दो चाँडो सहयोग गछौँ’
ratopati.com · Thu Sep 10 11:59:55 GMT 2026

काठमाडौँ । नेपालमा गएको विनाशकारी भोटेकोशी बाढीका कारण भएको क्षति भएको विषयमा ‘लस एन्ड ड्यामेज कोष (एफआरएलडी) ले’ जवाफ फर्काएको छ । कोषका बोर्ड सह–अध्यक्षहरूले नेपाल सरकारलाई एक पत्र पठाउँदै नेपाली जनता र सरकारप्रति गहिरो समवेदना तथा ऐक्यबद्धता प्रकट गरेका हुन् ।
भदौ १५ गते नेपाल सरकारतर्फबाट कोषलाई आपतकालीन सहायताको आग्रहको गरेको थियो । उक्त पत्रको आज जवाफ दिँदै कोषले भनेको छ– ‘कोषले यस विषयमा गम्भीरतापूर्वक काम गरिरहेका छौँ ।’ जवाफ अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीलाई सम्बोधन गरी पठाएको छ । ‘बोर्डसँग छलफल गरी जतिसक्दो चाँडो नेपालको आपतकालीन अनुरोधलाई सम्बोधन गर्न प्रक्रिया अगाडि बढाएका छौँ,’ कोषले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)