सुर्खेतको इत्राममा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
ratopati.com · Thu Sep 10 12:13:37 GMT 2026

सुर्खेत । सुर्खेतको इत्राम र त्यस आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहीबार साँझ ५ : ०५ बजेसम्मको पछिल्लो १ घण्टामा उक्त क्षेत्रमा भारी वर्षा रेकर्ड भएको हो।
भारी वर्षाका कारण त्यस क्षेत्र भएर बहने साना नदी तथा खोलाहरूमा जलसतह एक्कासि बढ्न सक्ने सम्भावना रहेको छ। नदी तथा खोलामा जलसतह बढेर जोखिम निम्त्याउन सक्ने भएकाले तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)