७२ घण्टामै तादी खोलामा पुल, खुल्यो रसुवाको ‘लाइफलाइन’
gorkhapatraonline.com · Thu Sep 10 12:11:02 GMT 2026

नुवाकोट, भदौ २५ गते। भोटेकोशी नदीमा आएको बाढीपहिरोका कारण सडक तथा पुल बगाएपछि अवरुद्ध भएको रसुवा–नुवाकोट सडक सम्पर्क नेपाली सेनाले तादी खोलामा ७२ घण्टामै नयाँ पुल निर्माण गरी सञ्चालनमा ल्याएको छ। पुल सञ्चालनमा आएसँगै धादिङको गोल्छीदेखि रसुवाको धुन्चेसम्मको मुख्य सडक सम्पर्क पुनः जोडिएको छ।
यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवाको उत्तरी क्षेत्रमा जाने मुख्य सडक तथा पुलमा ठूलो क्षति पुर्याएपछि रसुवा, नुवाकोट लगायत भोटेकोशी आसपासका क्षेत्रको यातायात सम्पर्क प्रभावित भएको थियो । बाढीले सडक र पुलमा क्षति पुर्याउँदा अत्यावश्यक सामग्री ढुवानी, उद्धार तथा राहतका कामसमेत प्रभावित भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)