नेपाल भलिबल लिगमा मधेशलाई हराउँदै कर्णाली प्लेअफमा
annapurnapost.com · Thu Sep 10 12:10:00 GMT 2026
काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई २५–२०,२५–२०, २१–२५ र २५–१९ले पराजित गरेको हो।
मधेसलाई पराजित गर्दै कर्णालीले प्लेअफ खेल्ने भएको छ। कर्णाली शिवराजले प्लेअफमा काठमाडौं रेड्ससँग खेल्नेछ। यी दुवै टोली मध्ये विजयी टोलीले फाइनलमा अन्नपूर्ण स्पाइकर किङसँग खेल्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)