खबराको केराखेतीः समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन
barnanmedia.com · Thu Jun 18 13:01:56 GMT 2026

जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न प्राविधिक टोलीले नमुना सङ्कलन गरेका छन् । पसाउने बेलामा केराका टुप्पाको पात पहेँलो हुने र जरामा कालो भएर मर्ने समस्या देखिएपछि उक्त समस्या पहिचान गर्न गण्डकी प्रदेशको कृषि प्रयोगशाला, कृषि अनुसन्धान परिषद् (नार्क), जिल्ला कृषि विकास कार्यालय र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको प्राविधिक टोलीले आज केरा बगैँचाको निरीक्षण गरेका हुन् ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख सञ्जिव बास्तोलाले खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न प्राविधिक टोलीले नमुना सङ्कलन गरेर प्रयोगशालामा लगेको जानकारी दिनुभयो । “समस्या देखिएका बगैँचाको निरीक्षण, किसानसँग अन्तरक्रिया गर्नुका साथै गुमा, थाम, पात, जराको भागको नमुना सङ्कलन गरेर प्रयोगशालामा पठाएका छौँ”, उहाँले भन्नुभयो, “प्रयोगशालाको प्रतिवेदनको आधारमा रोग पहिचान गरि नियन्त्रणको प्रयास गरिनेछ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)