नवनियुक्त उद्योगमन्त्री साहले लिए सपथ
kendrabindu.com · Thu Sep 10 12:31:15 GMT 2026

काठमाडौं । नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको सपथ लिएका छन्। शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष साहले सपथ लिएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी–४ का सांसद साहलाई उद्योगमन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए। यसअघि उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त रहेको पदमा साहलाई नियुक्त गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)