राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको महाधिवेशनको मिति फेरि परिवर्तन
barnanmedia.com · Thu Sep 10 12:24:57 GMT 2026

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९औं राष्ट्रिय महाधिवेशनको मिति र स्थान फेरि परिवर्तन भएको छ । विशेष परिस्थिति, कारणवश पूर्व निर्धारित मितिमा महाधिवेशन गर्न सम्भव नभएपछि प्रतिष्ठानले जनाएको हो ।
प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर र महासचिव शिव हमालले एक विज्ञप्ति जारी गर्दै यसअघि २०८३ साल असोज १६, १७ र १८ गते गर्ने भनिएको महाधिवेशन अब असोज २२, २३ र २४ गते हुने जनाएका छन् । विज्ञप्ति अनुसार भदौ २५ गते बसेको प्रतिष्ठानको सचिवालय बैठकले पूर्व निर्धारित मिति परिवर्तन गर्ने सो निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)