मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
nepalnews.com · Sat Jun 27 02:11:31 GMT 2026

मोरङ। मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षभन्दा यस वर्ष दुई हजार १९६ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ।
चैते धानको उत्पादन बढेपनि मूल्यमा गिरावटका कारण किसानले जनाएका छन्। जिल्लामा गत वर्ष एक लाख एक हजार ३७४ दशमलव १० मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष वृद्धि भई एक लाख तीन हजार ५७० दशमलव ६० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत आदर्श सिंहले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)