बाढी प्रभावितका लागि बेगानी ग्रुपद्वारा १ करोड ११ लाख सहयोग
annapurnapost.com · Thu Sep 10 12:37:41 GMT 2026

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि बेगानी ग्रुपले १ करोड ११ लाख सहयोग गरेको छ।
उक्त रकम ग्रुपले बिहिबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। बेगानी ग्रुपअन्तर्गत नन्दन घिउ एण्ड आयल इन्डस्ट्रिज प्रालि, केबीएसएएम एल्युमिनियम इन्डस्ट्रिज लिमिटेड, गणपति ज्वेलर्स नेपाल प्रालि, टीबीजी नेपाल एजुकेसन कन्सल्टेन्सी प्रालि र दुबाल इन्डस्ट्रिज प्रालि सञ्चालनमा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)