यही क्षेत्रबाट निर्वाचित भएर दोस्रोपटक प्रधानमन्त्री बन्न सफल भएँ
nepaltvonline.com · Thu Sep 10 09:13:22 GMT 2026

सिरहा- पूर्वप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले केही वर्षअघि शिलान्यास गरेको सिरहाको मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयको नवनिर्मित भवन आफ्नै हातबाट उद्घाटन गर्न पाउँदा अत्यन्त खुसी लागेको बताएका छन्।
विद्यालयको विज्ञान तथा प्रविधि प्रदर्शनी एवं नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भवन निर्माणमा योगदान पुर्याउने प्रधानाध्यापक, शिक्षक तथा विद्यालय परिवारप्रति धन्यवाद व्यक्त गरे। कार्यक्रम व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोग गर्ने मिर्चैया नगरपालिकाका प्रमुखलगायत सम्बन्धित सबैलाई उनले आभार व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)