२० औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाई
annapurnapost.com · Thu Sep 10 13:21:57 GMT 2026
काठमाडौं : जापानमा आयोजना हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ। बिहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रममाबीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडीसहितको टोलीलाई विदाई गरेका हुन्।
विदाई कार्यक्रममा मन्त्री पोखरेलले खेलाडीहरूले गरेको कडा परिश्रम, त्याग र आत्म–अनुशासनको उच्च प्रशंसा गर्दै देशको प्रतिनिधित्व गर्न पाउनु नै सबैभन्दा ठूलो गर्वको विषय भएको उल्लेख गरे। उनले पदक जित्नु दोस्रो प्राथमिकता रहेको तर बिना दबाब र निडर भएर खेल भावनाका साथ आफ्नो उत्कृष्ट प्रदर्शन दिन खेलाडीहरूलाई सुझाव दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)