शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल
khabarhub.com · Thu Sep 10 13:51:39 GMT 2026

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफल कार्यक्रममा शिक्षा तथा खेलकुद क्षेत्रमा सङ्घ र प्रदेश सरकारबीच सहकार्य तथा समन्वय थप मजबुत बनाउने विषयमा छलफल भएको थियो ।
त्यसैगरी, छलफलमा १०औँ राष्ट्रिय खेलकुदको आयोजना, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम विधेयक, विपद्का समयमा सहकार्य तथा अन्तरसरकार समन्वय लगायतका विषयमा विचार–विमर्श भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)