खोटाङमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३३ जना घाइते
annapurnapost.com · Fri Aug 28 15:45:05 GMT 2026

खोटाङ : खोटाङमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ३३ जना घाइते भएका छन्। मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी–५ का १४ वर्षीय दिवश परियार रहेका छन।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ छेपेखोला स्थित मध्यपहाडी लोकमार्गमा भुलभुलेबाट दिक्तेलतर्फ आउँदै गरेको ना. ५ त ४५५५ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो। मेला हेर्न जाँदै गरेका मानिसहरू दुर्घटनामा परेर घाइते भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)