भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा
reportersnepal.com · Fri Aug 28 15:49:03 GMT 2026

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७ मध्ये आज १५ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीपछि प्रदेशका १२७ जना सम्पर्कविहीन भएकामा आज टेलिफोनमार्फत १५ जना सम्पर्कमा आएका छन् ।
हालसम्म सप्तरीका ३२, पर्साका २८, रौतहटका १५, बाराका १९, सर्लाहीका १०, महोत्तरीका १०, धनुषाका पाँच र सिरहाका आठ जना सम्पर्कविहीन रहेका विवरण प्राप्त भएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)