कर्णालीमा सडक दुर्घटना न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता
annapurnapost.com · Thu Jun 18 14:50:11 GMT 2026

वीरेन्द्रनगर : कर्णालीमा सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले आयोजना गरेको सडक सुरक्षा सम्बन्धी समीक्षा गोष्ठीमा सरोकारवालाहरूले कर्णालीमा सडक दुर्घटना न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता जनाएका हुन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटा, प्रहरी हेडक्वाटर ट्राफिक व्यवस्थापन महाशाखा प्रमुख डीआईजी सुरेन्द्र गुरुङ, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, सुर्खेतका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रमुख एसपी मुकुन्दप्रसाद रिजालसहितका अन्य सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, यातायात समितिका प्रतिनिधि, नागरिक समाज लगायतका सरोकारवालाहरूले ‘म गर्छु ट्राफिक नियमको पालना, घटाउँछु सवारी दुर्घटना’ भन्ने प्रतिबद्धता पत्रमा सामूहिक हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)