सडकपेटीमा बच्चा जन्माएको घटनाको छानबिन गर्न समिति गठन
kendrabindu.com · Thu Sep 10 14:06:25 GMT 2026

जनकपुरधाम । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल अगाडि सडकपेटीमा महिलाले बच्चा जन्माएको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. सतीशकुमार यादवको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा राजविराज नगरपालिकाका स्वास्थ्य संयोजक कामेश्वर यादव सदस्य र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमलदेव यादव सदस्य–सचिव छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)