पुनर्गठन कार्यदलको बैठकमा ओलीले भने– नेतृत्वबारे धेरै ‘डिबेट’ गर्नुपर्ने कुरा नल्याउनू
barnanmedia.com · Fri Jul 10 00:46:24 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन कार्यदललाई प्रतिवेदनमा विवाद हुने कुरा नराख्न निर्देशन दिएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको कार्यदलको बैठकमा ओली प्रमुख अतिथिका रूपमा सहभागी थिए । बैठकमा महासचिव शंकर पोखरेलले प्रतिनिधिमूलक सुझाव प्रस्तुत गरेका थिए ।
नेताहरूका अनुसार, कार्यदलले लिएको सुझावमा पार्टी शुद्धीकरण, संगठन सुदृढीकरण, नेतृत्व परिवर्तन, नेतृत्वको कार्यशैली सुधार र जनतासँगको सम्बन्ध थप मजबुत बनाउने विषयमा केन्द्रित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)