जनताको आवश्यकता जति ग्यास दिनैपर्छ - नवनियुक्त उद्योगमन्त्री
arthasansar.com · Thu Sep 10 14:27:55 GMT 2026

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति भवन शितल निवासमा शपथ लिएपछि मन्त्री साह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायतका कर्मचारीहरूले मन्त्री साहलाई मन्त्रालयमा स्वागत गरेका थिए ।
पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री साहले विगतमा भएका काम र प्रगतिको जानकारी लिएर आफुले काम सुरु गर्ने बताए । आम नागरिकले ग्यास पाउने/नपाउने विषयमा पत्रकारको प्रश्नमा उनले मन्त्रालयभित्र छलफल गरेर मात्र ठोस निर्णय दिने जवाफ दिए । ‘यसमा चाहिँ छलफल गरेर काम गर्छु,’ मन्त्री साहले भने, ‘जनताको आवश्यकता जति दिनैपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)