‘केही दिनभित्र बजारमा ग्यास आपूर्ति सहज हुन्छ’
gorkhapatraonline.com · Thu Sep 10 14:38:53 GMT 2026

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही दिनभित्र सहजरुपमा ग्यास आपूर्ति हुने बताएको छ । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नेत्रप्रसाद सुवेदीले काठमाडौँ उपत्यका भित्रिने मुख्य राजमार्गहरु अवरुद्ध भएका कारण माग अनुसारको ग्यास आपूर्ति हुन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आयल निगमले भारतीय सरकारबाट ग्यास किन्ने हो । त्यो आधारमा नेपाललाई चाहिने जति ग्यास नेपाल भित्रिएको अवस्था छ । बढी जनसंख्या भएको ठाउँमा समयमा ग्यास नआउदा अभाव देखिएको हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)