उद्योगमन्त्रीको पदभार ग्रहण, ग्यास आपूर्ति प्रतिबद्धता
barnanmedia.com · Thu Sep 10 14:32:28 GMT 2026

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले २०८३ भदौ २५ गते बिहीबार राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेपछि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । मन्त्रालयमा उनलाई सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायतका कर्मचारीहरूले स्वागत गरेका थिए ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री साहले राजीनामा दिएर बाहिरिएकी निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग परामर्श गरी विगतका काम र प्रगतिको जानकारी लिएर अगाडि बढ्नु आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)