व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
barnanmedia.com · Fri Jul 10 01:11:17 GMT 2026

यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्फिएर करोडौँ लगानीसहित व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी गर्नुभएको छ ।
काठमाडौँमा अधिवक्ताको पेसालाई छाडेर उहाँले गाउँमा ‘पद्मा, कोपिला बहुउद्देश्यीय अर्गानिक कफी उद्योग’ दर्ता गरेर कृषि उद्यम सञ्चालन गर्नुभएको छ । करिब सात वर्षअघि सुरु गरिएको उहाँको कृषि यात्रा अहिले उदाहरणीय बन्दै गएको छ । उहाँले करिब रु दुई करोड ५० लाख लगानी गरी ६५ रोपनी क्षेत्रफलमा बहुउद्देश्यीय खेती विस्तार गरेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)