गाजा युद्धविरामको दोस्रो चरणबारे हमाससँग ‘महत्वपूर्ण’ वार्ता भएको इजिप्टद्वारा जानकारी
kendrabindu.com · Fri Jul 10 01:47:43 GMT 2026

कायरो । हमासको एक प्रतिनिधिमण्डलले बिहीबार कायरोमा इजिप्टेली अधिकारीहरूसँग गाजा युद्धविराम सम्झौताको दोस्रो चरण कार्यान्वयनका लागि व्यवस्था मिलाउने विषयमा ‘महत्वपूर्ण’ वार्ता गरेको इजिप्टको सुरक्षा स्रोतले बताएको छ।
स्रोतले नाम उल्लेख नगर्ने शर्तमा भनेको छ, “प्रतिनिधिमण्डलले गाजा शान्ति योजनाको अर्को चरणको तयारीबारे छलफल गरेको थियो ।”स्रोतले बताएको छ, “हमासले गाजा पट्टीलाई गाजा प्रशासनका लागि राष्ट्रिय समितिलाई हस्तान्तरण गर्न तयार रहेको पुनः पुष्टि गरेको छ, जसले योजनाको दोस्रो चरणको बाटो खोल्छ । दोस्रो चरणमा इजरायली सेनाको गाजाबाट पूर्ण रूपमा फिर्ता हुने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)