राज्यको प्रयासमा हातेमालो गरौं : महासंघ
onlinekhabar.com · Thu Aug 27 08:37:06 GMT 2026

११ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विपद्का कारण उत्पन्न असहज परिस्थितिमा मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्व ध्यानमा राख्दै राज्यको प्रयासमा हातेमालो गर्न आह्वान गरेको छ ।
महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले अपिल सार्वजनिक गर्दै सम्भव भएसम्म खाद्यान्न, पिउने पानी, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री व्यवस्थापन गरी प्रभावित परिवारसम्म सुरक्षित पुर्याउन निजी क्षेत्रको सम्पूर्ण सामर्थ्य परिचालन गर्न आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)