त्रिशूलीको बाढीपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनको तयारी, बैरेनीमा लेदो हटाउने काम तीव्र
nepallive.com · Thu Aug 27 08:46:49 GMT 2026

काठमाडौँ – त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त पृथ्वी राजमार्गको अवरोध हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास जारी छ। बाढीका कारण बैरेनी क्षेत्रमा सडकमा जम्मा भएको हिलो तथा लेदो हटाउने कामलाई तीव्र पारिएको छ।
सडक खुलाउने कार्यमा सुरक्षाकर्मीहरू स्थानीय बासिन्दासँग सहकार्य गर्दै परिचालित भएका छन्। सडकमा थुप्रिएको लेदो ठुलो मात्रामा रहेकाले सफाइ कार्य भइरहेको भए पनि क्षतिको अवस्था हेर्दा तत्कालै यातायात नियमित हुने सम्भावना कम रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)