माथिल्लो त्रिशूली-१ मा उद्धारका लागि मिनी एक्स्काभेटर पुर्याइयो
onlinekhabar.com · Thu Sep 10 15:44:05 GMT 2026

२५ भदौ, काठमाडौं । बाढीले क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा थप उद्धारका लागि मिनी एक्स्क्याभेटर पुर्याइएको छ । आयोजनाको क्याम्प एरियामा उद्धार तथा खोजीका लागि बिहीबार मिनी एक्स्क्याभेटर पुर्याइएको जानकारी आयोजनाका निर्देशक गिरिराज अधिकारीले दिए ।
बिहीबार पनि आयोजनाको सुरुङ तथा हेडवर्क्समा हराइरहेकाहरूको खोजी भइरहेको उनले बताए । आयोजनाको सुरुङ एरियामा नेपाली सेनाको टोलीले म्यानुअल्ली खोजीको काम गरिरहेको र बिहीबार पुर्याइएको बबक्याटले नदीको अर्कोतर्फ रहेको क्याम्प एरियामा खनेर खोजी गर्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)