कालीमाटी बजारमा यस्तो छ तरकारी र फलफूलको थोक मूल्य
hamrakura.com · Fri Jul 10 00:00:00 GMT 2026
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। वर्षायामको समयमा बजारमा केही तरकारी र फलफूलको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १५ र गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २८ कायम भएको छ। त्यसैगरी आलु रातो (लाम्चो) प्रतिकिलो रु ४७, आलु रातो (गोलो र मुढे) प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकिलो रु ३० र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ मा कारोबार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)