आत्महत्या रोकथाम गर्ने उद्देश्यले ‘राष्ट्रिय संवाद सम्मेलन’ आयोजना
ratopati.com · Thu Sep 10 16:07:28 GMT 2026

काठमाडौँ । आत्महत्या रोकथामका लागि ‘राष्ट्रिय संवाद सम्मेलन-२०२६’ आयोजना गरिएको छ । नेशनल सोलुसन एण्ड रिसर्च सेन्टरले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा आज ‘राष्ट्रिय संवाद सम्मेलन’ आयोजना गरिएको हो ।
आज विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आयोजना गरिएको उक्त सम्मेलनमा आत्महत्या रोकथाम, मानसिक स्वास्थ्य तथा सञ्चारमाध्यमको भूमिकाबारे छलफल तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको छ । सम्मेलनमा समग्र मानसिक स्वास्थ्य हेरचाहसम्बन्धी मनोवैज्ञानिक र सामाजिक परामर्शसम्बन्धी छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)