अन्नपूर्ण फाइनलमा खेल्ने, प्लेअफमा काठमाडौं र कर्णाली, जितविहीन बन्यो खप्तड
annapurnapost.com · Thu Sep 10 16:02:58 GMT 2026
काठमाडौं : नेपाल भलिबल लिग (एनभिएल)को लिग चरणका खेलहरू सकिएका छन्। लिक्चरनको खेलहरू सकिएसँगै अन्नपूर्ण स्पाइकर किंग्सले ५ खेलमा ४ जित सहित फाइनल प्रवेश गरेको छ। त्यस्तै, कर्णाली शिवराज र काठमाडौं रेड्सले भने प्लेअफमा खेल्नेछन्।
लिग चरणको अन्तिम खेलमा काठमाडौंमा रेड्सले खप्तड फालकन्सलाई पराजित गर्यो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा काठमाडौं रेड्सले खप्तड फाल्कन्सलाई ३–२ को सेटमा पराजित गर्यो। काठमाडौँले खप्तडलाई १९–२५, २५–१८, २० –२५, २५– १९ र १५ –१३ ले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)