काठमाडौंमा तीन खाद्य व्यवसायमा अनुगमन, म्याद गुज्रेका तथा गुणस्तरहीन खाद्य पदार्थ फेला
ratopati.com · Thu Sep 10 16:21:04 GMT 2026

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकाका विभिन्न खाद्य व्यवसायमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेका तथा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना नभएका वस्तु फेला पारेको छ।
बुधबार गरिएको आकस्मिक तथा नियमित अनुगमनका क्रममा काठमाडौंका तीन खाद्य व्यवसायको निरीक्षण गरेको जनाएको छ। विभागका अनुसार अनुगमनका क्रममा केही व्यवसायमा खाद्य पदार्थको म्याद, उत्पादन प्रक्रिया, लेबलिङ तथा सरसफाइमा समस्या देखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)