विवरण सङ्कलन गर्न समिति गठन
barnanmedia.com · Thu Sep 10 16:11:59 GMT 2026

लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा आयोजनाको अध्ययन गरी विवरण सङ्कलन गर्न समिति गठन गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालको संयोजकत्वमा अधुरा तथा अपूरा आयोजनाको अध्ययन तथा विवरण सङ्कलन समिति गठन गर्ने निर्णय गरेको हो । भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीका अनुसार प्रदेशमा लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेका तथा अपूरा अवस्थामा रहेका आयोजनाको वास्तविक अवस्था पहिचान गरी आवश्यक निर्णय लिन सहज हुने गरी अध्ययन र विवरण सङ्कलन गर्न समिति गठन गरिएको हो । समितिले दुई महिनाभित्र अध्ययन प्रतिवेदन पेस गर्नेगरी जिम्मेवारी तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)