भूमध्यसागरीय क्षेत्रमा समुन्द्री सतहको तापक्रमले तोड्यो अहिलेसम्मकै रेकर्ड
hamrakura.com · Fri Jul 10 00:00:00 GMT 2026
काठमाडौँ । स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुन्द्री सतहको तापक्रमले इतिहासकै नयाँ रेकर्ड कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको पानीको औसत तापक्रम २६.६३ डिग्री सेल्सियस पुगेको छ, जुन यसअघिका सबै रेकर्डभन्दा बढी हो।
स्पेनको सरकारी मौसम विज्ञान निकायका अनुसार सामान्यतया अगस्ट महिनाको दोस्रो सातामा समुन्द्री पानी सबैभन्दा तातो हुने गर्दछ। तर यस वर्ष जुन महिनामै देखिएको यो तापक्रमले अगस्टको ऐतिहासिक औसतलाई समेत उछिनेको छ। गत बुधवार स्पेनको भूमध्यसागरीय तटमा पानीको तापक्रम २३ देखि २८ डिग्री सेल्सियसको बीचमा रेकर्ड गरिएको थियो। मौसम एजेन्सीको पूर्वानुमान अनुसार क्याटालोनिया र अन्डालुसिया बीचका अधिकांश पर्यटकीय तटहरूमा तापक्रम २७ डिग्री सेल्सियस पुगेको छ भने बेलियारिक टापु समूहमा पानीको तापक्रम २९ डिग्री सेल्सियससम्म मापन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)