त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा गृहमन्त्री गुरुङ आफैँ फिल्डमा
baahrakhari.com · Fri Aug 28 16:02:34 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका निम्ति गृहमन्त्री सुधन गुरुङ आफैँ फिल्डमा खटिएका छन् ।
बाढीका कारण आयोजनाको सुरुङ प्रवेशद्वारमा ढुंगामाटो थुप्रिएपछि भित्र रहेका कर्मचारी तथा अन्य व्यक्तिहरू बाहिर निस्कन नसकेको खबरपछि उद्धार कार्य तीव्र पारिएको हो । सुरुङमा हाइड्रो इन्जिनियरसहित ३५ जना फसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)