आठ निर्माण कम्पनी कालोसूचीमा
nepalnews.com · Fri Jul 10 03:11:59 GMT 2026

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
कार्यालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक निकायहरूको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई कालोसूचीमा समावेश गरिएको जनाएको हो। सूचनाअनुसार कालोसूचीको व्यवस्था सूचना प्रकाशित भएको मितिदेखि नै लागू हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)