न्याय माग्न जाँदा उल्टै दुर्व्यवहारको आरोप, आफन्त नियन्त्रणमा
onlinekhabar.com · Fri Jul 10 03:12:29 GMT 2026

२६ असार, सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ बलकावामा करिब दुई महिनाअघि भएको कुटपिट घटनाका पीडितले न्यायको खोजीमा इलाका प्रहरी कार्यालय गोलबजार पुग्दा आफूहरूमाथि नै दुर्व्यवहार भएको र आफन्तलाई नियन्त्रणमा लिइएको आरोप लगाएका छन्।
पीडित पक्षका अनुसार बाख्राको विषयलाई लिएर भएको सामान्य विवादमा समसाद लहेरी र रुबो खातुन तथा कैस खातुनबीच झडपमा परिणत भएको थियो। झगडा छुट्याउन पुगेकी समसादकी श्रीमती जरिना खातुनसमेत कुटपिटमा परेकी थिइन्। घटनामा श्रीमान–श्रीमती दुवै घाइते भएका थिए। उनीहरूलाई सुरुमा गोलबजारस्थित लाइफ लङ हेल्थ केयरमा उपचारका लागि लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको र १२ दिनको उपचारपछि घर फर्किएको परिवारले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)