गीताको गोलमा नेपाललाई जित
barnanmedia.com · Mon May 25 22:13:44 GMT 2026
साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको छ। भारतको गोवास्थित जवहारलाल नेहरू स्टेडियममा गीता रानाले पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बनेको हो।
पहिलो हाफमा १-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा निकै राम्रो अवसरहरू प्राप्त गरे पनि गोल भने निकाल्न सकेन। खेलको १५औं मिनेटमा भुटानले राम्रो अवसर गुमायो। एन्जिला तुम्बापो सुब्बालाई नेपालका डिफेन्डरले ब्याकपास मार्फत दिएको बललाई फिर्ता पठाउन खोज्दा भुटानी खेलाडीको खुट्टामा परेको थियो। उक्त बललाई बिमला बिकले क्लियर गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)