गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक सर्वसम्मतले पारित
kendrabindu.com · Fri Jul 10 03:41:50 GMT 2026

गण्डकी । गण्डकी प्रदेशसभामा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि प्रयोग गरिने गाँजाको सही सदुपयोग गर्नका लागि ‘गाँजाखेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक’ पारित गरेको छ ।
बैठकमा सभामुख कृष्णप्रसाद धितालले उक्त विधेयक सर्वसम्मत पारित भएको घोषणा गरे ।बिहीबारको बैठकमा विधेयक छलफलका लागि उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले प्रस्ताव प्रस्तुत गरेकी थिइन् । छलफलमा प्रदेशसभा सदस्यहरू अशोक श्रेष्ठ, गणेशमान गुरुङ, सुशीला सिम्खडा र बिन्दु पौडेल सहभागी भए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)