उद्धार गरेर ल्याइएको चितुवा फुत्किएर आक्रमण गर्दा एक जना घाइते
ratopati.com · Thu Sep 10 17:12:14 GMT 2026

लमजुङ । लमजुङमा चितुवा नियन्त्रणमा लिने क्रममा वनरक्षक बुद्धिजङ गुरुङ घाइते भएका छन् । बिहीबार उद्धार गरी ल्याइएको चितुवा फुत्किएर आक्रमण गरेपछि वनरक्षक गुरुङ घाइते भएका हुन् ।
बेंसीसहरस्थित डिभिजन वन कार्यालयमा ल्याइएको चितुवा बिहीबार अपराह्न फुत्किएको थियो । चितुवा फुत्किएपछि बजार क्षेत्रमा त्रास फैलिएको छ। चितुवा फुत्किएपछि स्थानीयवासीमा डर र त्रास बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)