शासकीय स्वरूपमा संसदीय व्यवस्था नै हुनुपर्ने प्रस्ताव
news24nepal.tv · Fri Jul 10 03:50:39 GMT 2026

काठमाडौं । संविधान संशोधनका लागि बहस पत्र तयार गर्न भन्दै असिम साहको नेतृत्वमा सरकारले गठन गरेको कार्यदलबाट नेपाली कम्युनिस्ट पार्टी, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चा अलग भइसकेका छन् । एमालेबाट तोकिएको प्रतिनिधि नै बैठकमा सहभागी भएनन् भने प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रतिनिधि नै पठाएन । यद्यपी संविधान संशोधनका सवालमा कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
सरकारको तर्फबाट संविधान संशोधनका लागि बहस पत्र तयार गर्न भन्दै गठित कार्यदलले विभिन्न दलहरुसँग छलफल ग¥यो । तर बहस पत्र तयार नहुँदै कार्यदलको बैठकमा सहभागी हुँदै आएका चार दल अलग भयो । कार्यदलमा नेकपाका देव गुरुङ, लोसपाका लक्ष्मणलाल कर्ण, जसपाका सुरेन्द्र झा र जनमोर्चाका मनोज भट्ट सदस्य थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)