जुवा खेलेको अभियोगमा क्यासिनोका म्यानेजरसहित ६ जना पक्राउ
ratopati.com · Thu Sep 10 17:19:17 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० स्थित कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
नेपाली नागरिक क्यासिनोमा प्रवेश गरी जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा आज साँझ प्रहरी टोलीले क्यासिनोमा जाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)