एसियाली खेलकुदमा जाने नेपाली टोलीको बिदाइ
nepalnews.com · Thu Sep 10 17:25:06 GMT 2026
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन त्यसतर्फ जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा उनले नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरे ।
बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्नु आफैँमा गौरवको विषय भएको बताउँदै खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रन आग्रह गरे । उनले व्यक्तिगत प्रदर्शनसँगै राष्ट्रको प्रतिष्ठा र गौरवलाई ध्यानमा राखेर खेल्न खेलाडीलाई सुझाव दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)