कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो
himalpress.com · Fri Jul 10 04:17:38 GMT 2026

दैलेख- कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिहीबार साँझ फेला परेको छ। यो सँगै दुर्घटनामा मृत्यु भई सनाखत हुनेको संख्या तीन पुगेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार आफन्तले घटनास्थलमा पुगेर शव बुझिसकेका छन्। पहिचान खुल्नेमा यसअघि भिरमा शव फेला परेका कालिकोट पचाल झरना गाउँपालिका-९ का जेखे तिरुवा, सोही ठाउँका बेपत्ता भनिएका मेखे तिरुवा र कालिकोटकै रास्कोट नगरपालिका-२ की १८ वर्षीया सुजना खड्का रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)