दिउँसो साढे ३ बजेसम्म १९ वटा उद्धार उडान, ११ वटा निजी चार्टर उडान
barnanmedia.com · Fri Aug 28 16:03:49 GMT 2026

विपद्का बेला उद्धार कार्यलाई थप सहज र प्रभावकारी बनाउन काठमाडौं विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्र(आरसीसी)ले उडान अनुमति प्रक्रियामा खुकुलो बनाएपछि निजी क्षेत्रबाट हुने उद्धार उडानमा तीव्रता आएको छ ।
वायुसेवा सञ्चालक संघका अनुसार शुक्रबार दिउँसो साढे ३ बजेसम्म कुल १९ वटा उद्धार उडानहरू सञ्चालनमा भए । उपलब्ध तथ्यांकअनुसार दिउँसो ३:३० बजेसम्म भएका कुल उडानहरूमध्ये ११ वटा उडान यात्रु वा सम्बन्धित पक्ष आफैंले भाडा बेहोर्ने गरी निजी चार्टरमार्फत गरिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)